• बिहीबार , २९ असोज २०८३
  • images
    images

    लालबन्दीका घरघरमा कोरोना खोप अभियान

    लालबन्दीका घरघरमा कोरोना खोप अभियान

    हेल्दीखबर
    आइतबार, माघ २३ २०७८
    हेल्दीखबर
    आइतबार, माघ २३ २०७८
    लालबन्दीका घरघरमा कोरोना खोप अभियान

    सर्लाही । लालबन्दी नगरपालिकाले आफ्नो नगरभित्रका घरघरमा कोरोनाविरुद्ध खोप अभियान सुरु गरेको छ। कोरोना भाइरसविरुद्ध नेपाल सरकारले थालेको खोप अभियानअन्तर्गत नगरपालिकाले नगरभित्रका हरेक घरमा कोरोनाविरुद्धको घुम्ती खोप सेवा आजदेखि सुरु गरेको हो। 

    सङ्घीय सरकार, मधेश प्रदेश सरकारको विशेष सहयोग र बागमती सेवा समाज तथा ‘आड्रा’ नेपालको समन्वयमा नगरभित्रका हरेक घरघरमा कोरोनाविरुद्धको घुम्ती खोप सेवा सुरु गरिएको नगर प्रमुख मानबहादुर खड्काले बताए उनका अनुसार जिल्लाका लालबन्दी, हरिवन र हरिपुर नगरपालिकाले पहिला पनि जिल्लाका २० स्थानीय निकायको तुलनामा सबैभन्दा बढी खोप लगाएको र अहिले पनि जिल्लामा पहिलो पटक लालबन्दीले यो अभियान सुरु गरेको हो।

    images

    नगरभित्रका खोप केन्द्रमा आउन नसक्ने गर्भवती, ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा शारीरिक रुपमा फरक क्षमता भएका नागरिकलाई घरमै पुगेर कोरोनाविरुद्धको पहिलो खोप लगाउने अभियानकोे आज नगर प्रमुख खड्का र बागमती सेवा समाजका अध्यक्ष भरत कार्कीले एकैसाथ  उद्घाटन गरेका हुन्। रासस

    प्रतिक्रिया दिनुहोस
    थप समाचार