• बिहीबार , २९ असोज २०८३
  • images
    images

    कोरोना खोपले महिलाको प्रजनन् क्षमतामा असर गर्दैन : अध्ययन

    कोरोना खोपले महिलाको प्रजनन् क्षमतामा असर गर्दैन : अध्ययन

    हेल्दीखबर
    शुक्रबार, माघ १४ २०७८
    हेल्दीखबर
    शुक्रबार, माघ १४ २०७८
    कोरोना खोपले महिलाको प्रजनन् क्षमतामा असर गर्दैन : अध्ययन

    कोरोना भाइरसविरुद्धको खोपले महिलाको बच्चा जन्माउने क्षमतालाई असर नगर्ने अध्ययनले देखाएको छ।

    न्यूयोर्कका अन्वेषकहरूले इन-भिट्रो फर्टिलाइजेसन (आइभिएफ) वा प्रजनन उपचार लिरहेका दुई हजारभन्दा बढी महिलाहरूमा अनुगमन गरेका छन् । महिलामा गर्भावस्थाको दर खोप नलगाएका महिलाहरू र फाइजर वा मोडर्नाको पूर्ण मात्रा खोप लगाएका महिलामा उस्तै रहेको डेलीमेलमाउल्लेख गरिएको छ। 

    images

    कोरोना भाइरसविरुद्धको खोपले प्रजनन क्षमतामा असर नगर्ने थप प्रमाण भेटिएको अन्वेषकहरूले बताएका छन् । अध्ययनका प्रमुख लेखक डाक्टर देवोरा अहारोनले महिलामा अण्डाको गुणस्तर वा भ्रूण विकासमा कुनै भिन्नता नभएको बताएकी छिन् । अनुसन्धानका अनुसार खोपको कारण गर्भपात हुने, समयअगावै बच्चाको जन्म हुने, मृत बच्चा जन्मने, बच्चा धेरै सानो जन्मने वा जन्मजात रोगहरू हुने जोखिम बढाउँदैन।

    प्रजनन क्षमतामा असर गर्छ भन्ने चिन्ताका कारण महिलाहरू र गर्भवती आमाहरूले खोप लिन नमानेको पाइएको छ । गर्भधारण गर्ने प्रयास गरिरहेका वा प्रारम्भिक गर्भावस्थामा रहेकाहरूलाई खोपले कुनै प्रभाव नपारेको अध्ययनको निष्कर्षले आश्वस्त पार्ने उनले बताइन् । विश्वभरि करोडौँको सङ्ख्यामा महिलाहरूलाई खोप लगाइए पनि गर्भपात वा जन्मदरमा उल्लेखनीय कमी भएको छैन।एजेन्सी । 

     

     

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार