काठमाडौं । सवारी साधनमा जोरबिजोर लागू हुने भएको छ। काठमाडौं उपत्यकामा माघ ७ गते रातिबाट जोर बिजोर प्रणाली अनुसार यातायातका साधन चल्ने छन् ।
कोरोना भाइरस संक्रमण बढेकाले त्यसलाई नियन्त्रण गर्न भन्दै उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले बिहिबार सो निर्णय गरेका हुन् । यस्तै पार्टी प्यालेसमामा एक पटकमा २० जना मात्रै उपस्थित हुन पाइनेछ भने विवाह, ब्रतवन्ध न्वारन तथा पास्नी जस्ता धार्मिक सांस्कृतिक वा सामजिक कार्यक्रम गर्न प्रमुख जिल्ला अधिकारीबाट स्विृकृति लिनपर्नेछ ।
साथै सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइनेछैन भने सबै यात्रुले अनिवार्य मास्क लगाउनुपर्नेछ ।सार्वजनिक यातायातमा कुनै यात्रुले मस्क नलगाई आएमा चालक वा सहचालकले बढीमा ५ रुपैंया लिई मास्क उपलब्ध गराउनपर्नेछ ।यसैगरी प्रमुख जिल्ला अधिकारीहरुको यो निर्णयसँगै सपिङ मल, डिपार्टमेन्टल स्टोर,,सुपर मार्केट र सबै प्रकारका पसल एक पटकमा २० भन्दा बढी हुन नहुने, पूर्ण खोप लगाएको कार्ड मोबाइलमा फोटो भएपनि हुने र जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरि व्यापार व्यवसाय सञ्चालन गर्न पाइनेछ । सवारी साधनको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्ने गरि सेनिटाइजरको व्यवस्था गर्नुपर्नेछ । चालक तथा सहचालकले मास्क र फेस सिल्ड लगाउनुपर्नेछ ।