काठमाडौं । मिनी ट्रकको ठक्करबाट डाक्टर निखिल पन्जियारको निधन भएको छ । बिहीबार राति साढे ११ बजे विराटनगर—४ मा डाक्टर निखिलले चलाएको मोटरसाइकललाई मिनी ट्रकले ठक्कर दिँदा २७ वर्षीय डा. निखिलको निधन भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यलयका अनुसार विराटनगर महानगरपालिका—४ स्थित आयल निगम छेउ कोशी राजमार्गमा दक्षिणबाट उत्तरतर्फ जाँदैं गरेको डा. निखिल चढेको प्र—२—०२— ००३—प —२१८९ नम्बरको मोटरसाइकललाई को १ ख ३२४४ नम्बरको मिनी ट्रकले ठक्कर दिएको थियो । मिनी ट्रकको ठक्करबाट गम्भीर घाइते भएका डाक्टर निखिललाइ उपचारका लागि तत्काल कोशी अस्पताल लगिएको थियो । उहाँलाई अस्पतालले ११ः४५ मा उनलाई मृत घोषित गरेको थियो । डा. निखिलको मोटरसाइकल लाई ठक्कर दिएको मिनी ट्रक डा. निखिलसँगै मोटरसाइकल पछाडि बसेका रामप्रताप साह पनि सामान्य घाइते हुनुभएको छ। को १ ख ३२४४ मिनी ट्रक डा. निखिल चढेको मोटरसाइकललाई ठक्कर दिएपछि फरार रहेको थियो । प्रहरीले शुक्रबार विहान बुढीगंगा—२ बखन भन्ने ठाउँबाट उक्त मिनी ट्रक नियन्त्रणमा लिएको छ । चालक भने अझै फरार रहेका छन् । प्रहरीले उनको खोजी कार्य जारी राखेको जनाएको छ ।