• आइतबार, १४ भदौ २०८३
  • images

    कुवेतको सरकारी सेवामा  ७२९ नेपाली  नर्स लगायत स्वास्थ्यकर्मी  आवश्यकता, तलब एक लाख २५ हजार 

    कुवेतको सरकारी सेवामा  ७२९ नेपाली  नर्स लगायत स्वास्थ्यकर्मी  आवश्यकता, तलब एक लाख २५ हजार 

    हेल्दीखबर
    मंगलबार, कात्तिक ३० २०७८
    हेल्दीखबर
    मंगलबार, कात्तिक ३० २०७८
    कुवेतको सरकारी सेवामा  ७२९ नेपाली  नर्स लगायत स्वास्थ्यकर्मी  आवश्यकता, तलब एक लाख २५ हजार 

      काठमाडौं । कुवेतस्थित स्वास्थ्य मन्त्रालयले ७२९ नेपाली नर्स लगायत स्वास्थ्यकर्मीलाई रोजगारी दिने भएको छ।    ओमेगा इन्टरनेसनलले उक्त स्वास्थ्यकर्मी  व्यवस्थापनको जिम्मा पाएको छ ।
    कुवेतको स्वास्थ्य मन्त्रालयमा काम गर्न बिएस्सी नर्सिङ, स्टाफ नर्स, एचए, डेन्टल टेक्निसियन, डेन्टल हाइजिनिस्ट र डेन्टल एक्सरेमा काम गर्न स्वास्थ्यकर्मी माग गरेको हो ।
    कुवेत सरकारले बिएस्सी नर्सिङमा महिला मागेको छ । जसको न्यूनतम तलब १ लाख २५ हजार रुपैयाँ तोकेको छ । १ लाख १० हजार खाने गरी स्टाफ नर्समा पनि महिला नै मागेको हो ।एचए, डेन्टल टेक्निसियन, डेन्टल हाइजिनिस्ट र डेन्टल एक्सरेमा काम गर्न महिला पुरुष दुबैले आवेदन गर्न सक्छन् । ती पदका लागि पनि मासिक १ लाख १० हजार तलब तोकिएको छ ।
    सिटिइभिटी वा अन्य कुनै कलेज युनिभर्सिटीबाट ३ वर्षको कोर्ष पूरा गरी सम्बन्धित काममा कम्तिमा ३ वर्षको अनुभव भएको हुनुपर्छ ।
    सिएमए, अनमी लगायत अन्य ३ वर्ष भन्दा कम करिकुलम सर्टिफिकेट भएका हकमा ओमेगा इन्टरनेसनलले नै छनौट गर्ने जनाएको छ ।IMG-198e383ece67f28a68c365f9cef709e0-V.jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार