• आइतबार, १४ भदौ २०८३
  • images

    आयुर्वेद क्षेत्रका अब्बल चिकित्सक शेषराज आचार्यको कोरोना संक्रमणबाट निधन

    आयुर्वेद क्षेत्रका अब्बल चिकित्सक शेषराज आचार्यको कोरोना संक्रमणबाट निधन

    हेल्दीखबर
    शुक्रबार, कात्तिक ५ २०७८
    हेल्दीखबर
    शुक्रबार, कात्तिक ५ २०७८
    आयुर्वेद क्षेत्रका अब्बल चिकित्सक शेषराज आचार्यको कोरोना संक्रमणबाट निधन


    काठमाडौ । नेपालमा आयुर्वेद चिकित्सा क्षेत्रका अब्बल डा शेषराज आचार्यको कोरोना संक्रमणका कारण शुक्रबार निधन भएको छ। 
    ७८ वर्षीय डा आचार्यको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो। 

    डा आचार्यलाई कोरोना संक्रमणपछि निमोनिया देखिएको थियो। निमोनियाले गम्भीर बनाएपछि डा आचार्यको आइसीयूमा उपचार भइरहेको थियो। उपचारकै क्रममा शुक्रबार निधन भएको हो। डा. आचार्यको शुक्रबार नै दाहसंस्कार गरिएको छ। 

    २०२३ सालमा सरकारी सेवामा प्रवेश गर्नुभएको थिथयो । लामो समय सरकारी सेवामा विताउनुभएका आचार्यले चावहिलको एक अस्पतालमा काम गर्नुभएको थियो । उहाँ आयुर्वेद विभागको महानिर्देशक तथा नरदेवी अस्पतालको निर्देशक समेत हुनुभएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार