• शनिबार, १ कात्तिक २०८३
  • images

    झाडापखालाले दुईजनाको मृत्यु

    झाडापखालाले दुईजनाको मृत्यु

    हेल्दीखबर
    मंगलबार, असोज १९ २०७८
    हेल्दीखबर
    मंगलबार, असोज १९ २०७८
    झाडापखालाले दुईजनाको मृत्यु

    कपिलवस्तु  । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा झाडापखालाको प्रकोप फैलिएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले  नगरपालिकाको वडा नं। ५, ७, ८ र ९ वडामा सोमबार रातिदेखि प्रकोप फैलिएको बताउनुभयो । झाडापखालाको कारणले वडा नं ९ बहादुरगन्जमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ वर्षीय राज कश्यप र ४० वर्षीय रामप्रसाद केवट रहेको स्थानीय मनीष गुप्ताले बताउनुभयो ।
    वडाभर प्रकोप फैलिएपछि शिवराज अस्पताल, निजी क्लिनिक र स्वास्थ्य चौकीमा विरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बताउनुभयो । शिवराज अस्पतालमा ४० जना बिरामीले उपचार गराएका छन् । यता समुदायमा रहेका बिरामीको सङ्ख्या एकिन हुन सकेको छैन । नगरपालिका वडा नं। ९ का अध्यक्ष राममिलन कुर्मीले समुदायमा प्रभावित हुनेको पहिचान गरी उपचारको तयारी सुरु भएको बताउनुभयो । प्रकोप रोकथामका लागि जिल्ला स्वास्थ्य कार्यालयले दुईजना चिकित्सक र प्रदेशबाट उपचार टोली आउँदै गरेको बताइएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार