काठमाडौँ, २४ साउन । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत कपिलवस्तुका सुगम खनाल हराएको ३५ दिन पछि भेटिनुभएको छ ।
अहिले उहाँ परिवारको सम्पर्कमा आइसक्नुभएको छ ।
उहाँ शुक्रबार बीरगञ्जको रक्सोल नाकाबाट प्रहरीको सम्पर्कमा आउनुभएको हो ।
सीमा नाकामा खटिएको नेपाल प्रहरीले परिवारलाई सम्पर्क गराएको थियो । आज उहाँ कपिलवस्तु घर पुगिसक्नुभएको छ ।
२२ वर्षका खनाल असार २० गते होस्टलबाट बाहिर निस्किएपछि सम्पर्क विहिन हुनुभएको थियो ।
उहाँ बेपत्ता भए पछि विद्यार्थी कल्याण समाजले सार्वजनिक अपिल जारी गर्दै कतै देखेमा तत्काल जानकारी दिन अनुरोध गरेको थियो । परिवारसंग खनालले भारतको दिल्लीसम्म पुगेको बताउनुभएको छ ।