• शनिबार, १ कात्तिक २०८३
  • images

    कपिलवस्तुमा फैलिएको झाडापखालाबाट  चार जनाको मृत्यु

    कपिलवस्तुमा फैलिएको झाडापखालाबाट  चार जनाको मृत्यु

    हेल्दीखबर
    आइतबार, असोज ३१ २०७८
    हेल्दीखबर
    आइतबार, असोज ३१ २०७८
    कपिलवस्तुमा फैलिएको झाडापखालाबाट  चार जनाको मृत्यु

     काठमाडौ ।  विगत केही समय देखि कपिलवस्तुमा फैलिएको झाडापखालाबाट  हालसम्म चार जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४५ बर्षिय पुरुषको घरमै, ७ बर्षिय बालकको  निजि क्लिनिक , ५ बर्षिय बालिका र २ बर्षिय बालकको अस्पतालमा ल्याउदै गर्दा झाडापखलाकै कारण मृत्यु भएको बताइएको छ।

    images

    यस्तै हाल सम्म कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा ७, ८ र ९ वडामा गरी ८ सय ८५ जना संक्रमित भएको र २५ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

    प्रभावित क्षेत्रमा पिउने पानीमा कोलिफर्म र इ–कोली जीवाणु फेला परेको छ। फेला परेका दुबै जीवाणु मानव मलमूत्रमा पाइने जीवाणु रहेको चिकित्सकको भनाइ छ।

    नेपाल खानेपानी संस्थान बहादुरगञ्ज शाखाबाट वितरण गरिएका धारा र ४० फिटभन्दा माथि गाडिएका नल (चापाकल)को नमुनामा कोलिफर्म भेटिएको हो। सय फिटभित्र गाडिएका नल (ह्याण्डपम्प) मा भने जीवाणु फेला नपरेको बताइएको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार विभिन्न मितिमा संकलन गरिएका दिसाका नमुनाहरु लुम्बिनी प्रादेशिक अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा ५५ वर्षीय पुरुष, ७२ वर्षीय पुरुष, ५५ वर्षीय पुरुष र ५ वर्षीया बालिकाको दिसाको नमुनामा भाइब्रियो कोलेरा १ ओगावा भाइरस देखा परेको छ ।

    यस्तै संकलन गरिएका खानेपानीका १५ नमुनामध्ये ९ वटामा इकोली नामक जिवाणु फेला परेको मन्त्रालयले जनाएको छ । सुरुवातमा झाडापखालाका बिरामीहरुको संख्या ह्वात्तै बढेपछि शय्या अभावमा अस्पतालको आँगनमा राखेर बिरामीहरुको उपचार गर्नु परेको थियो

    प्रतिक्रिया दिनुहोस
    थप समाचार