• आइतबार, १ कात्तिक २०८३
  • images

    चट्याङ लागेर सात जना बेहोस, तीन जनाको अवस्था गम्भीर

    चट्याङ लागेर सात जना बेहोस, तीन जनाको अवस्था गम्भीर

    सोमबार, भदौ २१ २०७८
    सोमबार, भदौ २१ २०७८
    चट्याङ लागेर सात जना बेहोस, तीन जनाको अवस्था गम्भीर


    काठमाडौं । ओखलढुंगामा गएराती परेको चट्याङ्गका कारण सात जना जना बेहोस भएका छन् । सिद्धिचरण नगरपालिका १० बेतिनीका घरहरुमा चट्याङ्ग पर्दा सात जना बेहोस भएका हुन भने तीन जनाको अवस्था गम्भीर रहेको छ ।
    विष्णुकुमारी खड्का, तुलसा धमला र अनिषा खड्काको अबस्था गम्भीर रहेको बताइएको छ । उनीहरु तीनै जनालाई ओखलढुंगा सामुदायिक अस्पताल लगिएको छ । चट्याङले बेहोस भएका अरुको अवस्था सामान्य रहेको छ । चट्याङले एक दर्जन बढि घरमा क्षति पुगेकोे र गाई र भैसी गरी आधा दर्जन बढी चौपाया मरेको जनाइएको छ । घटनाको बारेमा थाहा पाएपछि सदरमुकामबाट प्रहरी टोली घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

     

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार