• आइतबार, २ कात्तिक २०८३
  • images

    तीन प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

    तीन प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

    सोमबार, फागुन १८ २०८२
    सोमबार, फागुन १८ २०८२
    तीन प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौं , १८ फागुन । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा बिहान छिटपुटदेखि हल्का वर्षा भएको छ ।

     जल तथा मौसम पूर्वानुमान महाशाखाले हल्का वर्षा भएको जनाएको छ।

    images

     हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

    हाल कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल तथा बाँकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागेको छ।

    सोमबार दिउँसो कोशी प्रदेशको पहाडी र हिमाली भू-भाग सहित बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

    राति कोशी प्रदेशको पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार