काठमाडौं । आज देशभर चट्याङ सहित वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ। नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेकोले वर्षा र चट्याङको सम्भावना रहेको हो। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन / चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बाकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।
चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको पनि सम्भावना रहेको छ। देशका अन्य प्रदेशका केही स्थानमा मेघ गर्जन / चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।