काठमाडौं । विश्व स्वास्थ्य संगठन दक्षिण पूर्व एसियाका स्वास्थ्यमन्त्रीहरु महामारी र स्वास्थ्य सेवाबारे छलफलका लागि अर्को साता बैठक बस्ने भएको छ । विश्व स्वास्थ्य संगठन, दक्षिण पूर्व एसियाका लागि क्षेत्रीय कार्यालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै अर्को साता एशिया क्षेत्रका सदस्यहरु देशहरुका स्वास्थ्य मन्त्रीहरुसहितको बैठक बस्ने जानकारी दिएको छ । संगठनको दक्षिण–पूर्व एसियाको ७४ औं क्षेत्रीय समिति क्षेत्रमा डब्ल्यूएचओको वार्षिक बैठक नेपालले ६ देखि १० सेप्टेम्बरसम्म आयोजना गर्दैछ ।
सो बैठकमा विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस, क्षेत्रीय निर्देशक डा पुनम क्षेत्रपाल सिंह, स्वास्थ्यमन्त्रीहरु र क्षेत्रका सदस्य देशहरुका वरिष्ठ स्वास्थ्य अधिकारीहरु, संयुक्त राष्ट्रसंघ एजेन्सीहरु, साझेदारहरु, दाताहरु र नागरिक समाजका प्रतिनिधिहरु सहभागी हुनेछन् । सार्वजनिक स्वास्थ्य आपतकालीन तयारी र प्रतिक्रिया सुदृढीकरण, रोकथाम र नसर्ने रोगहरुको नियन्त्रणको लागि भइरहेको प्रयासको गति बढाउँन, र भाइरल हेपेटाइटिसको अन्त्य, एचआईभी र एसटीआई अन्य प्रमुख मुद्दाहरुहो बारेमा बैठकमा कुराकानी हुने जनाइएको छ। विश्वव्यापी स्वास्थ्य कभरेजमा भैइरहेको गतिविधिमा निगरानी, स्कूल स्वास्थ्यको पुनर्जीवन, र खोपबाट बच्न सकिने रोगहरुको लागि खोप कार्य योजनाको क्षेत्रीय रूपमा पनि छलफल गरिनेछ।