• शनिबार, १ कात्तिक २०८३
  • images

    कोरोना भाइरसविरुद्धको  खोप लगाउनेको सङ्ख्यामा  दोब्बरले वृद्धि

    कोरोना भाइरसविरुद्धको  खोप लगाउनेको सङ्ख्यामा  दोब्बरले वृद्धि

    आइतबार, भदौ ६ २०७८
    आइतबार, भदौ ६ २०७८
    कोरोना भाइरसविरुद्धको  खोप लगाउनेको सङ्ख्यामा  दोब्बरले वृद्धि


    काठमाडौँ ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछिको पाँच सातामा ४९ लाख ३५ हजार ५६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । देउवा प्रधानमन्त्री भएलगत्तै आफ्नो पहिलो प्राथमिकता नै जनतालाई निःशुल्क खोप दिलाउने घोषणा गर्नुभएको थियो । उहाँ प्रधानमन्त्री भएयता भदौ ५ गतेसम्ममा ४९ लाख ३५ हजार ५६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यसअघि झन्डै ३६ लाखले मात्रै कोरानाविरुद्धको खोप लगाएका थिए । अहिले खोप लगाउने सङ्ख्या ८७ लाख ७० हजार ७५४ पुगेको छ ।

    हाल कोरोना भाइरसविरुद्धको खोप लगाउने कार्य सञ्चालन भइरहेको छ । विश्वविद्यालयका विद्यार्थीका साथै कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीले पनि प्रवेशपत्रका आधारमा कोरोनाविरुद्धको खोप लगाएका छन् । सरकारले असोज मसान्तसम्ममा ३३ प्रतिशत जनतालाई कोरोनाविरुद्धको खोप निःशुल्क लगाउने घोषणा गरेको छ । आगामी चैत मसान्तसम्म सबै जनतालाई निःशुल्क खोप दिलाउने तयारी प्रधानमन्त्री देउवाले गर्नुभएको छ । 

    images

    प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार ३८ लाख ३५ हजार ६०८ जनाले कोरोनाको दुवै मात्रा खोप लगाएका छन् । त्यस्तै, ३९ लाख ३५ हजार ५६ जनाले पहिलो मात्रा लगाएका छन् । कोरोनाको दुवै मात्रा खोप लगाउने (भदौ ३ गतेसम्मको तथ्याङ्कअनुसार) जनसङ्ख्या १३ प्रतिशत पुगेको छ भने पहिलो मात्रा लगाउने १६ दशमलव आठ प्रतिशत छ । देउवा प्रधानमन्त्री हुनुभन्दा अघि दुवै मात्रा खोप लगाउनेको सङ्ख्या तीन दशमलव नौ प्रतिशतमात्रै थियो भने पहिलो मात्रा खोप लगाउनेको सङ्ख्या नौ दशमलव एक प्रतिशतमात्रै थिए । पछिल्लो पाँच हप्तामा कोरोनाको खोप लगाउनेको सङ्ख्या झन्डै दोब्बर पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार