• बुधबार, ४ कात्तिक २०८३
  • images

    उत्कृष्ट सेवा दिने सरकारी अस्पताल पुरस्कृत हुने

    उत्कृष्ट सेवा दिने सरकारी अस्पताल पुरस्कृत हुने

    शुक्रबार, साउन २२ २०८३
    शुक्रबार, साउन २२ २०८३
    उत्कृष्ट सेवा दिने सरकारी अस्पताल पुरस्कृत हुने

    काठमाडौं, २२ साउन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि, २०८२’ को प्रभावकारी कार्यान्वयन गर्न सबै सरकारी अस्पताललाई आग्रह गरेको छ।

     कार्यविधिको प्रभावकारी कार्यान्वयन गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने अस्पताललाई निकट भविष्यमा छनोट गरी पुरस्कृत गर्ने तयारीसमेत मन्त्रालयले गरेको छ।

    images

    मन्त्रालयले शनिबार सूचना जारी गर्दै नेपाल सरकार, मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत स्वास्थ्य क्षेत्रको सुधारलाई प्राथमिकतामा राखिएको उल्लेख गरेको छ।
     सोहीअनुसार अस्पतालको सेवा सुधारलाई पहिलो प्राथमिकता दिँदै ‘अस्पताल सेवा सुधार कार्यविधि, २०८२’ कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ।

    यद्यपि कार्यविधि लागू भइसके पनि यसको प्रभावकारी कार्यान्वयन तथा अपेक्षित सुधारका लागि थप पहल आवश्यक रहेको मन्त्रालयको निष्कर्ष छ।

    मन्त्रालयका अनुसार नागरिकलाई गुणस्तरीय, सहज तथा प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले संघ, प्रदेश र स्थानीय तहअन्तर्गत सञ्चालित सबै सरकारी अस्पतालमध्ये कार्यविधिको उत्कृष्ट कार्यान्वयन गर्ने अस्पताललाई छनोट गरी पुरस्कृत गरिनेछ।

    यसका लागि सबै तहका सरकारी अस्पताललाई कार्यविधिको पूर्ण र प्रभावकारी कार्यान्वयन गर्दै अस्पतालको सेवा प्रवाहलाई जनअपेक्षाअनुसार सुधार गर्न तथा उत्कृष्ट कार्यसम्पादन प्रस्तुत गर्न मन्त्रालयले आग्रह गरेको छ।

    मन्त्रालयले अस्पताल सेवा सुधार अभियानमा संलग्न स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै सबै अस्पताललाई सेवा प्रवाहमा थप जिम्मेवार, उत्तरदायी र नागरिकमैत्री बन्न आह्वान गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार