• सोमबार, २ कात्तिक २०८३
  • images

    आजको मौसम: पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तातो लहरको सम्भावना

    आजको मौसम: पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तातो लहरको सम्भावना

    बिहीबार , वैशाख १० २०८३
    बिहीबार , वैशाख १० २०८३
    आजको मौसम: पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तातो लहरको सम्भावना

    काठमाडौँ, १० वैशाख । हाल देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ। यसको असरका कारण हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

    जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

    images

    यस्तै, मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभाग तथा उपत्यका र खोँचहरूमा तापक्रम बढ्ने र तातो दिन हुने अनुमान गरिएको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहर चल्ने सम्भावना समेत औँल्याइएको छ।

    महाशाखाका अनुसार आज राति कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशको हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ। 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार