काठमाडौँ, ८ साउन । अबिरल वर्षाका कारण राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान डुबानमा परेको छ ।
बिहीबार दिउँसो परेको पानीले दाङको घोराही उपमहानगरपालिका–१४ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान डुबानमा परेको हो ।
ढलको उचित व्यवस्था नहुँदा अस्पताल वरिपरि पानीको तलाउ बनेपछि प्रतिष्ठान परिसर जलमग्न भएर स्वास्थ्यकर्मी तथा सेवा लिन आएका बिरामीलाई आवात जावतमा समस्या भएको छ ।