• सोमबार, २ कात्तिक २०८३
  • images

    पूर्वमन्त्री खड्का अस्पताल भर्ना, स्वास्थ्यमा सुधार

    पूर्वमन्त्री खड्का अस्पताल भर्ना, स्वास्थ्यमा सुधार

    सोमबार, चैत १६ २०८२
    सोमबार, चैत १६ २०८२
    पूर्वमन्त्री खड्का अस्पताल भर्ना, स्वास्थ्यमा सुधार

    काठमाडौं १६ चैत । पूर्वऊर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्कालाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ।

    अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले खड्काको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार पूर्वमन्त्री आज बिहान करिब ३ बजे अस्पताल आइपुग्नुभएको भएको थियो ।

    images

     अस्पताल ल्याउनासाथ उहाँको उपचार सुरु गरिएको थियो।

    सूचना अधिकारी रोस्याराले अन्य वार्डमा बेड अभाव रहेका कारण हाललाई अर्थो वार्डमा राखेर उपचार गरिएको बताउनुभयो। उहाँका अनुसार मेडिसिन वार्डमा राख्नुपर्ने केस भए पनि तत्कालका लागि अर्थो वार्डमा राखिएको र क्रमशः उपयुक्त वार्डमा सार्ने तयारी भइरहेको छ।

    वान्ता र पखालाको समस्याका कारण अस्पताल भर्ना हुनुभएका खड्काको स्वास्थ्य अवस्था हाल सामान्य रहेको बताइएको छ। उहाँको दिसाको नियमित परीक्षण सम्पन्न भइसकेको र उपचार प्रक्रिया अगाडि बढाइएको रोस्याराले जानकारी दिनुभयो।

    भदौ २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित अनुसन्धानका क्रममा खड्काको निवासबाट फेला परेको जलेको रकमको विषयमा पनि छानबिन भइरहेको छ।

    उक्त घटनाबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान अघि बढाइरहेको छ। सोही क्रममा जलेका नोटका टुक्रा र खरानीसमेत संकलन गरिएको बताइएको छ।

    जेनजी आन्दोलन दमन गरेको आरोपमा फौजदारी कसुरअन्तर्गत कारबाही सिफारिस भएपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत प्रहरीले पक्राउ गरेको थियो।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार