• शुक्रबार, ३० असोज २०८३
  • images

    दश जना पूर्व स्वास्थ्यमन्त्री पराजित  

    दश जना पूर्व स्वास्थ्यमन्त्री पराजित  

    आइतबार, फागुन २४ २०८२
    आइतबार, फागुन २४ २०८२
    दश जना पूर्व स्वास्थ्यमन्त्री पराजित  

    काठमाडौं, २४ फागुन । प्रतिनिधिसभा सदस्य २०८२ को निर्वाचनमा सबै स्वास्थ्य तथा जनसंख्या मन्त्रीको पराजित भएको छ ।

     निर्वाचनमा १० जना पूर्व स्वास्थ्यमन्त्री तथा जनसंख्या मन्त्रीहरु पराजित हुनुभएको छ ।

    images

    निर्वाचन आयोगका अनुसार  नेपाली काङ्ग्रेसका सभापति तथा  पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा, उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, राजेन्द्र महतो, हृदयेश त्रिपाठी, गिरिराजमणि पोखरेल, प्रदीप पौडेल, भानुभक्त ढकाल, पदम गिरी, प्रदीप यादव र शेरबहादुर तामाङले पराजय भोग्नु परेको छ ।

     सर्लाही ४ बाट उम्मेदवारी दिनुभएका पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा पराजित हुनुभयो ।

      राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता अमरेश कुमार सिंहसँग थापा पराजित हुनुभएको छ । सिंहले ३५,६८८ मत ल्याएर विजयी हुँदा थापाले २२, ८३१ मत ल्याउनुभयो ।

     यस्तै पूर्व स्वास्थ्यमन्त्री पदम गिरीले हार ब्यहोर्नुभएको छ ।

     पर्वतबाट एमाले पार्टीवास उम्मेदवारी दिनुभएका गिरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सागर भुसालसंग पराजय हुनुपर्यो ।

    ढकालले २६५६१ मत ल्याएर विजयी हुँदा पूर्व स्वास्थ्यमन्त्री रहेका गिरीले  १५०७५ मत ल्याउनुभयो ।

     एमालेबाटै पाँचथरमा उम्मेदवारी दिनुभएका  पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बासँग पराजित हुनुभयो । सुब्बाले ११५६१ मत ल्याएर विजयी हुँदा ढकालले १०६८२ मत प्राप्त गर्नुभयो ।

    यस्तै  सिन्धुपाल्चोक २ बाट एमालेको तर्फबाट उम्मेदवार बन्नुभएका पूर्व स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ पनि पराजय हुनुभएको छ ।
    उहाँ  सिन्धुपाल्चोक २ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार युवराज दुलालसंग पराजित हुनुभयो ।

    दुलालले  २१६९९ मतसहित विजयी हुनुभयो ।

    उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार वंशलाल तामाङले १९१४६ मत ल्याउनुभयो । तेस्रोमा पूर्व स्वास्थ्यमन्त्री तामाङले  १५९२६ मत पाउनुभयो ।
    यस्तै पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेल काठमाडौं ५ बाट रास्वपाका सस्मित पोखरेलसंग पराजित हुनुभयो ।

    पोखरेलले पौडेललाई २१ हजार ५७८ मतान्तरले पराजित गर्नुभएको हो ।

    रास्वपाका पोखरेलले ३० हजार ७३७ मत ल्याएर विजयी हुँदा  पौडेलले ९१५९ मत ल्याउनुभयो । पूर्व उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव सप्तरी–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरकान्त चौधरीसँग पराजित हुनुभयो । जनता समाजवादी पार्टीका अध्यक्ष  यादव १७ हजारभन्दा बढी मतान्तरले पराजित हुनुभयो। रास्वपाका चौधरी ३२ हजार ८७५ मतसहित विजयी हुँदा यादवले १५ हजार २३९ मत ल्याउनुभयो  । 

    राष्ट्रिय मुक्ति पार्टीबाट उम्मेदवार दिनुभएका पूर्वमन्त्री राजेन्द्र महतो सर्लाही २ मा रास्वपाका रविन महतोसँग पराजित हुनुभयो  । रविनले ४२५१२ मतसहित निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका महिन्द्र राय यादवले ८५२३ मत प्राप्त गर्नुभयो । चौथो स्थानमा पुगेर पराजय भोगेका राजेन्द्रले ५९९२ मत ल्याउनुभयो ।

     नेपाली कम्युनिष्ट पार्टीबाट महोत्तरी १ मा उम्मेदवार दिनुभएका पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल पनि रास्वपाका उम्मेदवार प्रमोदकुमार महतोसँग पराजित हुनुभयो। महतोले ३४६३६ मत ल्याएर विजयी हुँदा पोखरेलले १२६३४ मत प्राप्त गर्नुभयो।  

    यस्तै पर्सा–१ मा नेकपा एमालेबाट उम्मेदवार बन्नुभएका पूर्व स्वास्थ्यमन्त्री प्रदीप यादव पराजित हुनुभयो । उहाँ  रास्वपाका वुद्धिप्रसाद पन्तसँग पराजित हुनुभयो ।
      पन्तले २७ हजार २७४ मतसहित विजयी हुँदा यादवले  १३ हजार ३० मत ल्याएर पराजित हुनुपर्यो । 
    नवलपरासी पश्चिम —१ मा पूर्व स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी पराजित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका विक्रम खनाल ४५२४१ मतका साथ निर्वाचित भएको उक्त क्षेत्रमा जनता समाजवादी पार्टी नेपालका हृययेश त्रिपाठीले ७८३२ मत मात्रै ल्याउनुभयो । खनालका प्रमुख प्रतिस्पर्धी रहेका नेपाली कांग्रेसका विनोदकुमार चौधरीले ९ ५०२ मत पाउनुभयो । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार