• आइतबार, १४ भदौ २०८३
  • images

    कीर्तिपुर अस्पताललाई काठमाडौँ महानगरको एक करोड सहयोग, उपकरण खरिद गरिने

    कीर्तिपुर अस्पताललाई काठमाडौँ महानगरको एक करोड सहयोग, उपकरण खरिद गरिने

    मंगलबार, माघ २७ २०८२
    मंगलबार, माघ २७ २०८२
    कीर्तिपुर अस्पताललाई काठमाडौँ महानगरको एक करोड सहयोग, उपकरण खरिद गरिने

    काठमाडौँ,२७ माघ । काठमाडौँ महानगरपालिकाले कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपचारका लागि आवश्यक मेडिकल उपकरण खरिद गर्न एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ।
    महानगरपालिकाको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत यससम्बन्धी सम्झौता सम्पन्न भएको हो।

    सम्झौताअनुसार अस्पतालले सार्वजनिक खरिद प्रक्रियामार्फत १ थान एनेस्थेसिया मेसिन, २५० केभीएको १ थान जेनेरेटर तथा ५ सय एम.ए. क्षमताको १ थान डिजिटल एक्स–रे मेसिन खरिद गर्नेछ। 

    उपकरण जडानपछि महानगरपालिकाको प्राविधिक टोलीले अनुगमन गरी बिलबमोजिम भुक्तानी गरिनेछ।

    महानगरपालिकाले कीर्तिपुर अस्पतालमार्फत काठमाडौँ महानगरबासी तथा उपचारका लागि आउने बिरामीलाई गुणस्तरीय र सहज सेवा उपलब्ध गराउने उद्देश्यले सहयोग प्रदान गरेको जनाएको छ। 

    जलन उपचारजस्तो संवेदनशील सेवाको क्षमता अभिवृद्धि गर्न यो सहयोग महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार