• मंगलबार, ३ कात्तिक २०८३
  • images

    गंगालालको आकस्मिक कक्षमा कार्यरत नर्स, डाक्टरमाथि हातपात 

    गंगालालको आकस्मिक कक्षमा कार्यरत नर्स, डाक्टरमाथि हातपात 

    शुक्रबार, माघ २३ २०८२
    शुक्रबार, माघ २३ २०८२
    गंगालालको आकस्मिक कक्षमा कार्यरत नर्स, डाक्टरमाथि हातपात 

    काठमाडौ, २३ माघ । सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको आकस्मिक कक्षमा कार्यरत चिकित्सक र नर्समाथि  हातपात भएको छ । आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर, स्टाफ नर्स  र गार्ड माथि  हातपात भएको हो ।

    घटना बिहीबार दिउँसो तीन बजेतिर भएको हो ।

    images

     अस्पतालका निर्देशक डा. रवि मल्लले  बिहीबार सिन्धुपाल्चाेकबाट उपचार गराउन ल्याइएकी ८३ वर्षीया  वृद्ध महिलाका आफन्तले चिकित्सक र नर्समाथि हातपात गरेका हुन् ।

    उपचारमा ल्याइएकी बिरामीको मृत्यु भएको भन्दै उनीहरुले चिकित्सकमाथि हातपात गरेका थिए ।
    तर बिरामी अहिले पनि सकुशल रहेको डा. मल्लले जानकारी दिनुभयो ।  

    अनाहकमा चिकित्सक, नर्समाथि हातपात गरी तोडफोडमा उत्रिएका थिए ।

    बिरामीलाई भेन्टिलेटरमा राखिएको थियो । अवस्था सुध्रिएर अहिले सामान्य भइसकेको छ ।’ चिकित्सक तथा नर्सलाई हातपात गर्ने र आकस्मिक कक्षमा तोडफोड गरेको भन्दै दुई जनालाई पक्राउ गरिएको छ ।

    महानगरीय प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले  पक्राउ पर्नेमा सिन्धुपाल्चोक निसंखु ६ का हरिबहादुर गुरुङ्ग र सुरज गुरुङ्ग रहेको बताउनुभयो ।

    चिकित्सकमाथि हातपात तथा अस्पताल तोडफोड गरेको भन्दै उनीहरु विरुद्ध जाहेरी दिने तयारी गरेको निर्देशक डा. मल्लले जानकारी दिनुभयो ।
      बिरामीका आफन्तले बिहीबार राति पुनः अस्पताल प्रवेश गरी अस्पताल तोडफोड गर्ने र चिकित्सक तथा नर्सहरुलाई ज्यान मार्नेसम्मको धम्की दिएका थिए । 

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार