• सोमबार, २ कात्तिक २०८३
  • images

    आजदेखि टिचिङ अस्पतालमा स्वास्थ्य बिमाका सेवा बन्द 

    आजदेखि टिचिङ अस्पतालमा स्वास्थ्य बिमाका सेवा बन्द 

    बिहीबार , माघ १ २०८२
    बिहीबार , माघ १ २०८२
    आजदेखि टिचिङ अस्पतालमा स्वास्थ्य बिमाका सेवा बन्द 

    काठमाडौँ, १ माघ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा आजदेखि (माघ १ गते)  स्वास्थ्य बिमाको सम्पूर्ण उपचार सेवा बन्द भएको छ । 

    टिचिङ अस्पतालले सूचना जारी गर्दै माघ १ गते देखि सम्पूर्ण अस्पतालमा स्वास्थ्य बिमाको सम्पूर्ण उपचार बन्द गर्ने निर्णय गरेको जानकारी दिएको हो ।  

    images

    यसअघि स्वास्थ्य मन्त्री डा सुधा शर्मा, शिक्षण अस्पतालका पदाधिकारी, बिमा बोर्डका पदाधिकारीबीचको छलफल निष्कर्समा पुग्न सकेन।
    शिक्षण अस्पतालका उप निर्देशक डा पवन राज चालिसेले स्वास्थ्य बिमाको कारण अस्पतालले थप  सेवा दिन कठिन भएको जानकारी दिनुभयो । ४० करोड भन्दा बढी रकम नआएपछि स्वास्थ्य बिमा बन्द गर्नुपरेको उहाँको भनाइ छ । 
    बिमा बोर्डका सूचना अधिकारी बिकेश मल्लले शिक्षण अस्पतालका पदाधिकारीसंगको छलफल सकारात्मक भएपनि पछिल्लो समय उहाँहरु बिमा कार्यक्रम बन्द गर्ने निष्कर्समा पुगेको जानकारी दिनुभयो । सरकारले भुक्तानीका लगि रकम उपलब्ध नगराएका कारण अस्पतालहरुलाइ सेवा दिन नसकिएको उहाँको भनाइ छ ।

    स्वास्थ्य बिमा सेवा लिन आउने बिरामीको संख्या र चाप बढ्दै गएको तर, तर बोर्डले रकम उपलब्ध नगराउँदा घाटा भएको अस्पतालद्वारा जारी गरिएको  सूचनामा उल्लेख छ । 

    ‘अस्पतालमा आउने  बिरामी को उपचारको क्रममा बिमा बोर्डको र अस्पतालको दररेट शुल्क फरक भएको र अस्पतालले बारम्बार अस्पताको रकमलाई अन्तिम रकम मानिदिनु भनी विगत दुई वर्ष देखि आग्रह गर्दा पनि कुनै सुनुवाई नभएको साथै आफ्नो आन्तरिक श्रोतबाट अस्पतालले सम्पूर्ण दैनिक खर्च व्यहोर्नु पर्ने हुँदा मासिक दुई करोड घाटा खाएर बिमा कार्यक्रम सञ्चालन गर्न असमर्थ भएकोले अस्पतालले यस्तो निर्णय गरेको हो, सूचनामा भनिएको छ ।

     मासिक झण्डै पाँच करोड हाराहरीको खर्च हुनेमा बोर्डबाट ५० प्रतिशत मात्र दावी स्वीकृत गरी बाँकी अस्वीकृत गरिदैँ आएको अस्पतालको आरोप छ ।  अस्पतालका अनुसार हालसम्म अस्पतालको बिमा दावी रकम झण्डै ४० करोड भुक्तानी  बाँकी छ । 

    अस्पतालले २०७७ साल देखि स्वास्थ्य बिमा उपचार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार