• शनिबार, १ कात्तिक २०८३
  • images

    क्यान्सर रोगले वडाअध्यक्षको निधन, शुक्रबार शोकविदा

    क्यान्सर रोगले वडाअध्यक्षको निधन, शुक्रबार शोकविदा

    बिहीबार , मंसिर १८ २०८२
    बिहीबार , मंसिर १८ २०८२
    क्यान्सर रोगले वडाअध्यक्षको निधन, शुक्रबार शोकविदा

     काठमाडौं, १८ मंसिर । कागेश्वरी मनोहरा नगरपालिका वडा ७ का वडाध्यक्ष तथा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नंं २ का सचिव भिमसेन थापाको निधन भएको छ । 

     

    images

    डेढ वर्षदेखि क्यान्सर रोगबाट पीडित थापाको बिहीबार उपचारको क्रममा निधन भएको हो ।

     

    उहाँको पार्थिव शरिरमा पुर्व उपप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता प्रकाशमान सिंह, महामन्त्री गगन थापा र कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो । 

     

    उहाँको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार सम्पन्न भएको छ ।

     

    त्यस्तै, कागेश्वरी मनोहरा नगरपालिकाले वडाध्यक्ष थापाको निधन भएपछि शुक्रबार शोकविदा मनाउने निर्णय गरेको छ। नगरपालिकाले एक सूचना जारी गरि स्वर्गीय थापाको दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।

     

    नगरपालिकाअन्तर्गतका सबै वडाकार्यालय, अत्यावश्यक सेवाबाहेकका स्वास्थ्य संस्था, आयुर्वेद अस्पताल, सम्बन्धित कार्यालय तथा सामुदायिक विद्यालयहरू शुक्रबार बन्द रहने सूचनामा उल्लेख छ।

    हेरौं सूचना :

    595164915_836395805815345_5794702912683067440_n-724x1024.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार