• बुधबार, ४ कात्तिक २०८३
  • images

    स्वास्थ्य सामग्री खरिदको विवाद सुल्झाउन विज्ञ समिति

    स्वास्थ्य सामग्री खरिदको विवाद सुल्झाउन विज्ञ समिति

    बुधबार, मंसिर १० २०८२
    बुधबार, मंसिर १० २०८२
    स्वास्थ्य सामग्री खरिदको विवाद सुल्झाउन विज्ञ समिति

    काठमाडौं, १० मंसिर ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  स्वास्थ्य सामग्री खरिदसम्बन्धी विवाद निरुपणका लागि विज्ञ समिति गठन गरेको छ । 


    समितिको नेतृत्व पूर्व–सचिव सुरेश प्रधान र व्यवस्थापन महाशाखाका पूर्व निर्देशक डा भिमसिंह तिंकरी हुनुहुन्छ । 

    images


     समितिमा स्वास्थ्स्य मन्त्रालयका तर्फबाट डा चुमनलाल दासले संयोजन गर्नुभएको छ । 

     हालै महाशाखाको नेतृत्व सम्हाल्नुभएका केशव पण्डितमा समितिमा सदस्यमा हुनुहुन्छ ।

    प्रधानले सार्वजनिक खरिद कार्यालयको सचिवका रुपमा समेत काम गरिसक्नुभएको छ । 

    डा तिंकरीले ४ वर्ष व्यवस्थापन महाशाखाको निर्देशकका रुपमा काम गर्नुभएको थियो । 

    पछिल्ला वर्षहरुमा खरिद प्रक्रियामा लगातार विवाद बढेको छ। अख्तियारले १४ जना कर्मचारीमाथि मुद्दा दायर गरेपछि उनीहरु निलम्बित छन् ।  मन्त्री डा गौतमले भन्नुभयो,“ुकर्मचारीको मनोबल कमजोर भएको छ। ऐन, नियम, प्रक्रिया वा कहाँ कमजोरी छ कि वा प्रक्रियागत त्रुटि नै भएकी भनेर हेर्न विज्ञहरुको समिति बनाएका हौं ।”

     उक्त समितिको सुझावले खरिदमा नीतिगत सुधारका लागि सघाउनेछ।
    समितिले अनौपचारिक रुपमा काम सुरु गरिसकेको डा दासले बताउनुभयो ।उहाँले मंसिर ४ गतेदेखि नै काम सुरु भइसकेको जानकारी दिदै मन्त्रालय अन्तर्गतका निकायको खरिद प्रक्रिया कसरी सहज, पारदर्शी बनाउँदै गुणस्तरीय सामाग्री समेत खरिद गर्ने भन्ने विषयमा समिति केन्द्रीत रहनेछ। त्यसको अध्ययनपछि स्वास्थ्य सामाग्री खरिद सुझाव प्रतिवेदन बुझाउने बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार