• आइतबार, १४ भदौ २०८३
  • images

    ‘स्वास्थ्य सामाग्री खरिद ऐन छुट्टै हुनुपर्छ’

    ‘स्वास्थ्य सामाग्री खरिद ऐन छुट्टै हुनुपर्छ’

    हेल्दीखबर
    आइतबार, पुस ८ २०८०
    हेल्दीखबर
    आइतबार, पुस ८ २०८०
    ‘स्वास्थ्य सामाग्री खरिद ऐन छुट्टै हुनुपर्छ’


    काठमाडौँ, ८ पुस । स्वास्थ्य सेवा विभाग अन्र्तगतको व्यवस्थापन महाशाखा आपूर्ति शाखाले स्वास्थ्य सामाग्रीमा हुने खरिद सम्बन्धि पत्रकारहरुसंग अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ । 
    सो कार्यक्रममा सार्वजनिक खरिद ऐन स्वास्थ्य मैत्री नहुँदा स्वास्थ्य उपकरण खरिदमा गुणस्तरहीन सामाग्री आउन सक्नेतर्फ सचेत गराइएको थियो । 
    उनीहरुले  सरकारलाई त्यसतर्फ सचेत रहन आग्रह गरेका छन् ।
    उनीहरुले स्वास्थ्य सामाग्री तथा खरिद गरिएका स्वास्थ्य उपकरण गुणस्तर नभएमा त्यसको प्रत्यक्ष असर आमनागरिकमा पर्ने बताएका हुन् ।
    स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. सङ्गीता कौशल मिश्राले स्वास्थ्य सामाग्री खरिदमा गुणस्तरमा ध्यान नदिदा बिरामीहरु समस्यामा पर्ने बताइन् । 
    उनले गुणस्तरहीन सामाग्रीको खरिदले स्वास्थ्य सेवालाई दिगो राख्न गाहे हुने भएकोले गुणस्तरमा ध्यान दिन जोड दिइन् । 
     
    व्यवस्थापन महाशाखा निर्देशक सर्वेश शर्माले स्वास्थ्यका उपकरण खरिद  प्रक्रियाले सामाग्री खरिद गर्दा महिनौ समय लाग्ने दुखेसो गरे । उनले खरिद ऐन झन्झटिलो भएकाले समस्या भएको भन्दै सार्वजनिक खरिद ऐनमा टेकेर साम्रगी खरिद गरेमा एक वर्षसम्म पनि स्वास्थ्यका उपकरण तथा सामाग्री खरिद गर्न कठिन हुने बताए । 
    आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले सार्वजनिक खरिद ऐनमा स्वास्थ्यका सामग्री खरिद गर्न छुट्टै व्यवस्था हुनुपर्ने बताए । 

    aapurti1.jpg
    उनले स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र भएकोले छुट्टै ऐन तथा निर्देशिका हुनुपर्नेमा जोड दिए । 
    स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष सरोज ढुंगेलले स्वास्थ्यमा खरिद सम्बन्धि समाचार प्रकाशित गर्दा सत्यतथ्य केलाएर मात्र लेख्नुपर्ने बताए । उनले स्वास्थ्य सामग्री खरिदको विषय सबैको चासो हुने भएकोले समाचार लेख्दा ध्यान दिनुपर्ने बताए । 
    एचएमआईएस शाखा प्रमुख कपिल तिमल्सेनाले खरीद प्रक्रिया तथा स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीका विषयमा धारणा राखेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार