डेढ करोड मूल्यका १२ प्रकारका उपकरण प्रयोगविहीन
काठमाडौं,२ वैशाख । राष्ट्रिय क्षयरोग केन्द्रमा डेढ करोड मूल्यका विभिन्न उपकरणहरु प्रयोग विहिन छन् ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार विभिन्न १२ प्रकारका उपकरणहरु प्रयोगविहीन अवस्थामा राखिएको हो।
केन्द्रले ७० लाख मूल्यको कल्चर मेसिन , २२ लाख ५० हजार मूल्यको एनके एनलाइजर, ८ लाख मूल्यका अटोक्लेभ २ वटा, ३ लाख मूल्यको सेन्ट्रीफ्यूजन एउटा र ४९ लाख ५० हजार मूल्यका ८ प्रकारका मेसिन तथा उपकरण प्रयोगविहीन अवस्थामा राखेको प्रतिवेदनमा उल्लेख छ।
महालेखाले ती उपकरणहरु प्रयोगमा ल्याउन सुझाव दिएको छ।