• शुक्रबार, ३० असोज २०८३
  • images

    पूर्वमन्त्री आफताव आलमको निधन 

    पूर्वमन्त्री आफताव आलमको निधन 

    शनिबार, कात्तिक २२ २०८२
    शनिबार, कात्तिक २२ २०८२
    पूर्वमन्त्री आफताव आलमको निधन 

    काठमाडौं, २२ कार्तिक । पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन भएको छ । 

    झन्डै एक महिनादेखि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएर उपचार गर्दै आउनुभएका  आलमको शुक्रवार राती निधन भएको हो ।
    काठमाडौं मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालले आलमको निधन भएको जानकारी दिनुभयो । उहाँले आलमको मस्तिष्कघात र मिर्गौलाको समस्या रहेको जानकारी दिदै उपचारको क्रममा शुक्रबार राती निधन भएको  पुष्टि गर्नुभयो। 

    images

    स्वास्थ्य अवस्था खराब भएपछि उहाँलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । 


    आलमका छोरा डा. राजीक आलमका अनुसार बुवालाई डेढ महिना अघि भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराइएको थियो । ‘त्यहाँ स्वास्थ्यमा सुधार आए पछि घर ल्याएपनि केही समयपछि स्वास्थ्य अवस्था झनै खराब भएपछि कीमसीमा भर्ना गरिएको थियो ।

    गएको जेठ १४ गते नख्खु कारागारबाट छुटेको केही दिनमै उहाँलाई मस्तिष्कघात भएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । 

    एक साता बढी आईसीयूमा राखेर उपचारपछि डिस्चार्ज हुनुभएका आलमलाई दसैंअघि थप उपचारको लागि भारत लगिएको थियो ।

    गत वर्ष रौतहट जिल्ला अदालतले पूर्वमन्त्री मोहम्मद आफताव आलमसहित चार जनालाई जन्मकैदको सजाय सुनाएको थियो। 

    रौतहट जिल्ला अदालतका एक नम्वर इजलाशका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री आफताव आलम निजका भाइ महताव आलमसहित ११ जनाविरुद्ध २०७६ कात्तिक १८ गते दायर भएको विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर मुद्दामा जन्मकैदको सजाय सुनाएको थियो ।

     

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार