काठमाडौँ, २० कात्तिक । युवा चिकित्सक डा. बिलोक मिश्राको निधन भएको छ ।
उहाँको ह्दयघात र मस्तिष्कघातका कारण बिहीबार निधन भएको हो ।
डा.मिश्राको निधनप्रति नेपाल चिकित्सक संघले गहिरो सववेदना प्रकट गरेको छ ।
चिकित्सक संघले शोक विज्ञप्ति जारी गर्दै इमानदार तथा लगनसिल चिकित्सक गुमाउन पुगेकोमा नेपाल चिकित्सक संघ अत्यन्तै मर्माहत भएको जनाएको छ । यस दुःखद घडीमा नेपाल चिकित्सक संघ परिवारको तर्फबाट दीवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।