• बिहीबार , २९ असोज २०८३
  • images
    images

    नर्सको तलब सरकारी सरह उपलब्ध गराउन पूर्व स्वास्थ्यमन्त्री पौडेलको माग

    नर्सको तलब सरकारी सरह उपलब्ध गराउन पूर्व स्वास्थ्यमन्त्री पौडेलको माग

    गत मंसिर २७ गते मन्त्रालयले निर्णय गरेको जानकारी

    बुधबार, असोज २९ २०८२
    बुधबार, असोज २९ २०८२
    नर्सको तलब सरकारी सरह उपलब्ध गराउन पूर्व स्वास्थ्यमन्त्री पौडेलको माग

    काठमाडौँ, २९ असोज । पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नर्सिङ तथा स्वास्थ्य जनशक्तिको पारिश्रमिक सरकारीसरह लागु गर्ने निर्णय अबिलम्ब कार्यान्वयन गर्न माग गर्नुभएको छ । 

    सामाजिक सञ्जाल फेसबुक मार्फत पूर्व स्वास्थ्य मन्त्री पौडेलले नर्सको तलब तथा सेवा सुविधामा अन्याय भएको बताउनुभयो । 

    images

    उहाँले तलब तथा सेवा सुविधामा अत्यधिक गुनासो पछि निजी मेडिकल कलेज तथा स्वास्थ्य संस्थाहरुबाट नर्सिङ जनशक्ति एवम् स्वास्थ्यकर्मीहरुको परिश्रमिक सरकारीसरह नघट्ने गरि उपलब्ध गराउन गत मङ्सिर २७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय गरेको अवगत गराउनुभयो । 

     
    हाल यसको कार्यान्वयनमा समस्या आएको गुनासो सुनिएको भन्दै उहाँले कुनै पनि स्वास्थ्य संस्थाको सफलतापुर्वक संचालनमा संचालकसँगै त्यहाँका स्वास्थ्यकर्मीहरुको महत्त्वपूर्ण भूमिका रहेको तथ्यलाई आत्मसात गर्दै निर्णय कार्यान्वयनमा सहयोग गरिदिनु हुन सबै निजी स्वास्थ्य संस्था तथा मेडिकल कलेज संचालकहरुलाई अनुरोध गर्नुभएको छ । 
    हेरौँ पूर्व मन्त्री पौडेलको पोष्टः 

    Facebook.jpg

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार