• शनिबार, १ कात्तिक २०८३
  • images

    विपिन जोशीको हत्या दुई वर्ष पहिल्यै भएको पुष्टि 

    विपिन जोशीको हत्या दुई वर्ष पहिल्यै भएको पुष्टि 

    मंगलबार, असोज २८ २०८२
    मंगलबार, असोज २८ २०८२
    विपिन जोशीको हत्या दुई वर्ष पहिल्यै भएको पुष्टि 

    काठमाडौं  २८ असोज ।  हमासबाट मारिनुभएका विपिन जोशीको हत्या दुई वर्ष अघि भएको पुष्टि भएको छ ।  


    इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणको रिपोर्टमा जोशीको मृत्यु  सन् २०२३ को अन्त्यतिर नै मृत्यु भइसकेको पुष्टि भएको पाइएको हो । 

    images


    ‘ हमासले हस्तान्तरण गरेको शव विपिन जोशीकै भएको डीएनए परीक्षणबाट पुष्टि भएको र उहाँको प्राकृतिक मृत्यु नभइ हत्या नै भएको रिपोर्ट प्राप्त भएको छ । 

    उहाँको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी)ले सैनिक अस्पताल लगेर डीएनए गरेको थियो ।

     

    यसबारे नेपाली इजरायलस्थित दूतावासले औपचारिक रुपमा जानकारी गराएको छैन । परराष्ट्र मन्त्रालयका अधिकारीहरूले पनि अहिलेसम्म जानकारी नभएको बताएका छन् ।

    स्रोतका अनुसार, परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीलाई यसको औपचारिक जानकारी भएपछि विपिनको डीएनए परीक्षणको रिपोर्टबारे सार्वजनिक गराउने तयारी छ ।

    अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए ।

    सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए भने हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएका थिए ।

    त्यसयता उहाँको अवस्था अज्ञात थियो । इजरायल र हमासबीच युद्धविराम भएपछि मंगलबार बिहान मात्रै इजरायली सेनाका अधिकारीले विपिनको मृत्यु भएको पुष्टि भएको औपचारिक जानकारी दिएका थिए । बन्दीहरु मुक्त गर्ने क्रममा हमासले विपिनको शव मंगलबार हस्तान्तरण गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार