• शनिबार, १ कात्तिक २०८३
  • images

    निजी अस्पताल र मेडिकल कलेजले नर्स र डाक्टरलाई सरकारी सरह तलब भत्ता दिनुपर्ने, अन्यथा कारबाही गरिने

    निजी अस्पताल र मेडिकल कलेजले नर्स र डाक्टरलाई सरकारी सरह तलब भत्ता दिनुपर्ने, अन्यथा कारबाही गरिने

    आइतबार, असोज २६ २०८२
    आइतबार, असोज २६ २०८२
    निजी अस्पताल र मेडिकल कलेजले नर्स र डाक्टरलाई सरकारी सरह तलब भत्ता दिनुपर्ने, अन्यथा कारबाही गरिने

    काठमाडौँ, २६ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका निजी अस्पताल तथा मेडिकल कलेजमा कार्यरत चिकित्सक, नर्सिङ्ग तथा अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक र सेवा सुविधा सरकारी सरह बढाउन निर्देशन दिएको छ ।
     मन्त्रालयले निजि ,सरकारी, सामुदायिक अस्पताललाइ  पाँच बुँदे व्यवस्था तुरुन्त कार्यान्वयन गर्न निर्देशन दिएको छ।

    मन्त्रालयका अनुसार  २०८१ मङ्सिर २७ गतेको निर्णयअनुसार जारी निर्देशनहरू अझै पूर्ण रूपमा कार्यान्वयन नभएको भन्दै अस्पतालहरूलाई तुरुन्त कार्यान्वयन गरी प्रतिवेदन मन्त्रालयमा बुझाउन अनुरोध गरिएको हो।
    निर्देशनअनुसार स्वास्थ्य संस्थामा कार्यरत सबै नर्सिङ्ग तथा स्वास्थ्यकर्मीलाई नेपाल सरकारको मापदण्डभन्दा कम पारिश्रमिक दिन नपाइने र तोकिएको समयभन्दा बढी काम गरेमा अतिरिक्त भत्ता दिनुपर्ने व्यवस्था गरिएको छ।
    त्यस्तै, अस्पताल तथा शैक्षिक संस्थाले स्वास्थ्यकर्मीहरूसँग औपचारिक करार (नियुक्ति सम्झौता) गर्नुपर्ने, ज्यालादारीमा काम गराउन नपाइने र सक्कल शैक्षिक प्रमाणपत्र कार्यालयले रोक्न नपाइने व्यवस्था पनि निर्देशनमा समावेश गरिएको छ।

    images

    मन्त्रालयले स्वास्थ्यकर्मीलाई अनुभवको प्रमाणपत्र अनिवार्य रूपमा प्रदान गर्नुपर्ने र पारिश्रमिक बैंकिङ्ग प्रणालीमार्फत मात्र उपलब्ध गराउनुपर्ने व्यवस्था पनि स्पष्ट पारेको छ।

    मन्त्रालयले निर्देशन कार्यान्वयन नगर्ने अस्पताल र संस्थाहरूमाथि कारबाहीको प्रक्रिया अघि बढाइने चेतावनी समेत दिएको छ।
    हेरौं सूचना : 

    WhatsApp-Image-2025-10-12-at-17.11.26_c1a5c918-1760270362.jpg

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार