काठमाडौ । चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले चिकित्सा शिक्षा स्नातक तहको लागि लिईने परीक्षा शुल्कमा झण्डै चारगुणा शुल्क बढाएको छ ।
आइओएमको यो निर्णले स्नातक तहमा परीक्षा दिने विद्यार्थीहरु मारमा परेका छन् ।
आइओएमले सम्बन्धन पाएका मेडिकल कलेजहरुले लिने परीक्षा शुल्कलाई आधार मानेर स्नातक तहको परीक्षा सञ्चालन शुल्क निर्धारण गरेको जनाएको विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
मेडिकल कलेजहरुले एक जना विद्यार्थीसँग प्रतिवर्ष ९ हजार शुल्क लिन पाउने भएका छन् । यसअघि स्नातक तहको नियमित परीक्षा शुल्क दुईहजार पाँचसय रुपिँया थियो ।
आएओएमले ३ दशमलब ६ गुणा बढी शुल्क एकैपटकमा बढाएको हो ।
