• बिहीबार , २९ असोज २०८३
  • images
    images

    निजी अस्पतालमा पनि कोरोनाको खोप केन्द्र 

    निजी अस्पतालमा पनि कोरोनाको खोप केन्द्र 

    हेल्दीखबर
    मंगलबार, पुस १३ २०७८
    हेल्दीखबर
    मंगलबार, पुस १३ २०७८
    निजी अस्पतालमा पनि कोरोनाको खोप केन्द्र 

    काठमाडौं ।  सरकारले सबै निजी अस्पताल मेडिकल कलेजलाई कोरोनाको खोप केन्द्र सञ्चालनका लागि अनुमति दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार सबै मेडिकल कलेज र ५० शय्या क्षमताभन्दा बढी भएका निजी अस्पताललाई कोरोनाको खोप केन्द्र सञ्चालनका लागि अनुमति दिइने छ ।

    मेडिकल कलेज र निजी अस्पतालले चाहेको खण्डमा सम्बन्धित जिल्लाको स्वास्थ्य संस्थासँग समन्वय गरी १८ वर्षमाथिका नेपाली नागरिकलाई सरकारको नियमानुसार कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने मन्त्रालयको भनाइ छ । खोप उपलब्धताका आधारमा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म खोप लगाउन आह्वान गरिएको सहप्रवक्ता डा अधिकारीले जानकारी दिनुभयो ।-

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार