• सोमबार, १५ भदौ २०८३
  • images

    नर्भिक हस्पिटलले २५ लाख कित्ता आइपिओ जारी गर्ने

    नर्भिक हस्पिटलले २५ लाख कित्ता आइपिओ जारी गर्ने

    शुक्रबार, असोज ३ २०८२
    शुक्रबार, असोज ३ २०८२
    नर्भिक हस्पिटलले २५ लाख कित्ता आइपिओ जारी गर्ने

    काठमाडौं, ३ असोज । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले सर्वसाधारणका लागि जारी गरिने गर्ने भएको छ । 

    अस्पतालले २५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न निष्काशन तथा विक्री प्रवन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

    उक्त सम्झौतामा नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।


    नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेड, नेपाल र नेपाल वाहिरका बिरामीहरुको लागि गुणस्तरीय स्वास्थ्य सेवामा एक विश्वसनीय नाम हो। नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले सन् १९९३ मा ३० शैयाको सामान्य सुविधाको रुपमा आफ्नो यात्रा सुरु गरिको थियो । 
    हाल उक्त अस्पताल २०० शैयाको बहुविशेषज्ञ अस्पतालको रुपमा सञ्चालनमा छ।

    यो ३०० शैयाको अस्पतालमा स्तरोत्रति गर्ने प्रक्रियामा छ, जुन नेपालको पहिलो र अग्रणी कर्पोरेट अस्पतालको रुपमा  रहेको छ । अस्पतालले अत्याधुनिक पूर्वाधार, चिकित्सा प्रविधि, दक्ष जनशक्ति तथा निरन्तर लगानीको साथ, विरामीहरुले काठमाडौंमा नै विश्वव्यापी स्तरको हेरचाह प्राप्त गर्ने कुरा सुनिश्चित गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार