काठमाडौं, १४ भदौ । लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन भएको छ ।
शनिबार काठमाडौंको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममाउहाँको निधन भएको हो ।
रुकुम पूर्वको तकसेराकी पुनलाई स्वास्थ्य समस्या देखिएपछि काठमाडौं लगिएको थियो ।
उहाँले अस्पतालमा शल्यक्रियापछि छोरीलाई जन्म दिनुभएको थियो । त्यसपछि पुनको मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो ।
पुन नेकपा (एमाले)बाट समानुपातिक प्रणालीमार्फत लुम्बिनी प्रदेशसभामा निर्वाचित हुनुभएको थियो ।