रुपन्देही, १४ भदौ । लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमानको हृदयाघातका कारण निधन भएको छ ।
लामो समयदेखि मुटु रोगबाट बिरामी रहनुभएका मुसलमानको आज बिहान ९ बजे हृदयाघातका कारण आफ्नै निवासमा निधन भएको हो ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका समन्वयकर्ता तुलसीराम लामिछानेले परम्परागत रूपमा आज साँझ ५ः०० बजे स्थानीय कब्रिस्तानमा उहाँको अन्त्येष्टि गरिने जानकारी दिनुभयो ।
सजरुद्दिन नेपाली कांग्रेसको तर्फबाट लुम्बिनी सांस्कृतिक नगरपालिकामा निर्वाचित हुनुभएको थियो ।