• बिहीबार , २९ असोज २०८३
  • images
    images

    वीर अस्पतालकी नर्सिङ प्रशासन प्रमुख श्रेष्ठ विरुद्ध अख्तियारमा उजुरी

    वीर अस्पतालकी नर्सिङ प्रशासन प्रमुख श्रेष्ठ विरुद्ध अख्तियारमा उजुरी

    आइतबार, भदौ ८ २०८२
    आइतबार, भदौ ८ २०८२
    वीर अस्पतालकी नर्सिङ प्रशासन प्रमुख श्रेष्ठ विरुद्ध अख्तियारमा उजुरी

    काठमाडौँ, ८ भदौ । मुलुककै सबैभन्दा पुरानो वीर अस्पतालमा कार्यरत नर्सिङ निर्देशक संगीता श्रेष्ठले अस्पतालमा व्यापक अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । वीर अस्पतालका कर्मचारीहरुले श्रेष्ठले अनियमितता गरेको भन्दै उजुरी दिएका हुन् । 
    कर्मचारीहरुले श्रेष्ठमाथि छानविन गरी कारबाहीको माग गर्दै प्रधानमन्त्री कार्यालय , अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सर्तकता केन्द्र , स्वास्थ्य मन्त्री ,स्वास्थ्य सचिव र सम्पत्ति शुद्धीकरण विभागमा समेत उजुरी दिएका छन् । 
      २०७८ पुस १२ गतेदेखि वीर अस्पतालमा नर्सिङ प्रशासन प्रमुखमा कार्यरत श्रेष्ठले अस्पतालमा विभिन्न आर्थिक, प्रशासनिक अनियमितता गरेको आरोप लागेको छ । 

    श्रेष्ठमाथि नर्सिङ जनशक्ति भर्ना गर्दा पाँचलाख रुपैँयासम्म् लेनदेन गरि नर्सिङ कर्मचारी नियुक्ति सिफारिस गर्ने गरेको ,  निर्देशक र उपसचिवको निर्देशन अवज्ञा गरेको, सरसफाई  सम्बन्धी सामान आयातमा ब्यापारीसँग कमिसनको मिलेमतो गरी गुणस्तरहीन सामान मगाउने गरेको जस्ता आरोप उहाँमाथि लागेको छ । 
    श्रेष्ठमाथि सरसफाइ ठेकदार कम्पनी इनफो– टेक सँग ठेक्का सम्झौता गर्दा रु १२ लाख कमिसन लिएर सहमति दिएको आरोप पनि लागेको छ ।  

    images


    श्रेष्ठलाई अस्पतालमा नर्सिङ र अनमीको लागि आएको तालिममा समेत आफैँ जाने गरेको आरोप लागेको छ। कार्यालय समयमै निजी कलेज पढाउन जाने गरेको आरोप उहाँमाथि छ । 
     श्रेष्ठको कार्यशैली बारेमा अस्पताल भएका संघ सगठनले विरोध जनाउदै आएका छन् ।

    हेरौं वीर अस्पतालका कर्मचारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिएको उजुरी:

    sangita Shrestha ujuri.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार