• बिहीबार , २९ असोज २०८३
  • images
    images

    आफूलाई पिट्ने धम्की दिएको भन्दै डाक्टर विरुद्ध डाक्टरकै उजुरी 

    आफूलाई पिट्ने धम्की दिएको भन्दै डाक्टर विरुद्ध डाक्टरकै उजुरी 

    कान्ति अस्पतालमा डाक्टर हुँदाहुँदै बिरामीलाई अन्यत्र रेफर गरेको आरोप  

    हेल्दीखबर
    बिहीबार , असार १४ २०८०
    हेल्दीखबर
    बिहीबार , असार १४ २०८०
    आफूलाई पिट्ने धम्की दिएको भन्दै डाक्टर विरुद्ध डाक्टरकै उजुरी 


    काठमाडौं, १४ असार । कान्ति बाल अस्पतालमा कार्यरत चिकित्सकले अस्पतालमै कार्यरत अर्का चिकित्सकविरुद्ध कारबाहीको माग गर्दै अस्पताल प्रशासन समक्ष निवेदन दिनुभएको छ । 
    डेन्टल विभागका एक डाक्टरले अस्पतालकै अर्का डाक्टरलाई कारबाहीको माग गर्दै अस्पताल निर्देशक र विकास समिति समक्ष निवेदन दिनुभएको हो । 
    कान्ति अस्पतालमा कार्यरत डेन्टल सर्जन डा राकेश घिसिङले अस्पतालमा  कार्यरत अर्का डाक्टर टेकेन्द्र चौलागाईं विरुद्ध कारबाहीको माग उजुरी दिनुभएको हो । 
    आफूलाई पिट्ने धम्की दिएको भन्दै डा घिसिङले कारबाहीको माग गर्दै निवेदन दिनुभएकोे हो । डा घिसिङले दिएको निवेदनमा डा चौलागाईंले कान्तिमा डाक्टर हुँदाहुँदै अन्यत्र बिरामी रेफर गर्ने गरेको र उक्त विषयमा आफूले जिज्ञासा राख्दा पिट्ने धम्की दिएको भन्दै कारबाहीको माग गर्दै निवेदन दिनुभएको हो । 
    डा घिसिङले हालेको निवेदनमा डा चौलागाईंले अस्पतालमा बाल दन्त रोग चिकित्सक हुँदाहुँदै परामर्श नै नगरी बिरामीलाई अन्यत्र पठाएको र उक्त विषयमा प्रश्न उठाउँदा पिट्ने धम्की दिएको उल्लेख छ । 
    ’डा टेकेन्द्रज्यूले पल्पेक्टोमी उपचार गराउन आएका बिरामीलाई प्यासेन्ट इन अन्को अप्रेटिभ भन्दै रेफर टू हायर सेन्टर भनी पठाउनुभएको थियो। यस अस्पतालको डेन्टल विभागमा बाल दन्तरोग चिकित्सक हुँदाहुँदै उहाँलाई परामर्श नगराईकन बिरामीलाई अन्यत्र रेफर गर्नु भनेको यस अस्पतालप्रतिको घात हो’ निवेदनमा भनिएको छ, ’यही विषयलाई मैले प्रमाणसहित विभाग प्रमुख डा सोनी सुवेदी मार्फत डा टेकेन्द्रलाई शालिन ढंगले प्रश्न राख्दा उहाँले मलाई गुण्डागर्दीशैलीमा तलाईं पिट्छु भनी अभद्र व्यवहार देखाउनु भयो।’ डा घिसिङले धम्की दिने डा चौलागाईंलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्नुभएको छ । 


    डा.घिसिङले डा.चौलागाइ विरुद्ध हालेको निवेदनः 

    images

    kanti dr letter.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार