• सोमबार, २ कात्तिक २०८३
  • images

    मेडिकल कलेजहरुको सिट संख्या बढ्यो  

    मेडिकल कलेजहरुको सिट संख्या बढ्यो  

    एमबीबीएसमा १३० र बीडीएसमा ६० सिट तोकियो

    बिहीबार , साउन २९ २०८२
    बिहीबार , साउन २९ २०८२
    मेडिकल कलेजहरुको सिट संख्या बढ्यो  

    काठमाडौं, २९ साउन ।  चिकित्सा शिक्षा आयोगले बैठकले एमबीबीएस र बीडीएसको सीट संख्या बढाउने निर्णय गरेको छ।

     आयोगका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको २१ औं  बैठकले यसअघि रहेको सिट संख्यालाई बढाउने निर्णय गरेको हो।

    images

    सिंहदरबारमा बिहीबार बसेको बैठकले हालसम्म एक सय सिट रहेको एमबीबीएसको सिलिङलाई बढाएर एक सय ३० सम्म र ५० सिट रहेको बिडिएसलाई ६० दिने निर्णय गरेको छ ।
    मेडिकल कलेजहरुको पूर्वधार, फ्याकल्टी लगायतका मापदण्डहरु हेरेर एमबीबीएसमा बढीमा एक सय ३० र बीडीएसमा ६० सिटसम्म दिने निर्णय भएको छ।

    'मेडिकल कलेजहरुको सिट बढ्ने निर्णय भयो,' बैठकमा सहभागीमध्ये एकले भन्नुभयो 'मापदण्डहरु पूरा भएका कलेजका हकमा मापदण्ड अनुसार नै सिट संख्या दिने निर्णय भएको हो।'


    उहाँका अनुसार सबैभन्दा बढी १३० सिट पाउने मेडिकल कलेजहरुमा विराट मेडिकल कलेज, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस रहेका छन्। पोखराको मणिपालले १२० सिट पाएको छ। 

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार