• आइतबार, १४ भदौ २०८३
  • images

    दुर्घटनामा डाक्टर रुबी थापा सहित आठ घाइते

    दुर्घटनामा डाक्टर रुबी थापा सहित आठ घाइते

    मंगलबार, साउन २० २०८२
    मंगलबार, साउन २० २०८२
    दुर्घटनामा डाक्टर रुबी थापा सहित आठ घाइते

    कालीकोट, २० साउन । कालीकोटमा भएको  जिप दुर्घटना एक डाक्टर सहित आठ जना घाइते भएका छन् ।


     जिपमा सवार कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा. रुबी थापालगायत आठ जना घाइते भएका हुन्  ।

     थापाको दाहिने करङ्गमा चोट लागेको छ । थापालाई थप उपचारका लागि हेलिकोप्टरमा नेपालगन्ज लगिएको छ ।

    थापा कास्की जिल्ला पोखरा महानगरपालिका २९ निवासी हुनुहो ।

     सुर्खेतबाट जुम्ला जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ज ०६३७ नं को जिप आज दिउँसो कालीकोट सदरमुकाम मान्मामा दुर्घटना भएको थियो ।

    जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी टेकबहादुर रावतका अनुसार जिप कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत जुम्ला सडक खण्डमा पर्ने खाँडाचक्र–१ स्थित होटल हिलसाइड नजिक अनियन्त्रित भई सडकबाट करिब १२ मिटर तल खसेको थियो । 


    अन्य घाइतेहरूमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ बस्ने २५ वर्षीय चालक धर्मप्रसाद अधिकारी, गुल्मी सत्यवाती गाउँपालिका–५ का ३० वर्षीय सुनिल ज्ञवाली, दार्चुला नौगाड गाउँपालिका–२ की २२ वर्षीया अन्जना धामी, मुगु कार्मारोम गाउँपालिका–२ का २६ वर्षीय च्छोत्याङ्ग तामाङ घाइते हुनुहुन्छ ।

    त्यस्तै, बाँके कोहलपुर नगरपालिका–८ का ३५ वर्षीय देवेन्द्र अधिकारी, पाल्पा माथागढी गाउँपालिका–१ का ४५ वर्षीया कल्पना नेपाल आचार्य र दोलखा गौरीशंकर गाउँपालिका–१ का ३० वर्षीय हिक्मत जिरेल घाइते हुनुहुन्छ  । अन्य घाइतेको जिल्ला अस्पताल मान्ममा उपचार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार