भोजपुर, २२ असार। भोजपुरको रामप्रसाद राई गाउँपालिकामा ज्वाइँले एकै घरको चार जना सदस्यको निर्मम हत्या गरेका छन् ।
भोजपुर नगरपालिका–२ हेलौछा बस्ने ज्वाइँ राजेन्द्र राईले ससुराली घरका ससुरा, सासु, श्रीमती र सालोको सामूहिक हत्या गरी आफु पनि छुरा प्रहार गरी घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार राईले ६८ वर्षीया ससुरा बेलबहादुर गिरि, ४५ वर्षीया सासु मन्जु गिरि, १५ वर्षीया श्रीमती मनिषा गिरि र नौ वर्षीय सालो सयन गिरिको हत्या गरिएको हो ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुर ल्याउने तयारी भएको छ । घटनाको विस्तृत विवरण आउन बाकी छ ।