काठमाडौं, २१ असार । नेपाली हाँस्यव्यङ्ग्य टेलिशृङ्खला मेरी बास्सैमा अप्सरा आमाको भुमिकामा खेल्ने कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ ।
क्यान्सर रोगबाट पीडित श्रेष्ठको शुक्रबार राति निधन भएको हो ।
श्रेष्ठले लामो समयदेखि स्तन क्यान्सरको उपचार गराउदै आउनुभएको थियो ।
उहाँको निधनमा कलाकारहरुले श्रद्धाञ्जली ब्यक्त गरेका छन् ।
कलाकार श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।