• सोमबार, २ कात्तिक २०८३
  • images

    बस र ईभी माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु

    बस र ईभी माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु

    शनिबार, असार ७ २०८२
    शनिबार, असार ७ २०८२
    बस र ईभी माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु

    चितवन, ७ असार । शनिबार बिहान  चितवनमा सडक दुर्घटनामा ७ जनाको मृत्यु भएको छ ।

      यात्रुवाहक बस र ईभी माइक्रो बस एक आपसमा ठोक्किँदा ७ जनाको मृत्यु भएको हो । 
    दुर्घटनामा २० जना घाइते भएका छन् ।

    images

    चितवन प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–३ मा  दुर्घटनामा भएको हो ।

    मृतकहरुको सनाखत हुन सकेको छैन ।
     शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।

    चितवन प्रहरीका अनुसार धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको विद्युतीय सवारी साधन ठाेक्किएको हो । घाइतेको चितवन मेडिकल कलेज, पुरानो मेडकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार