• शनिबार, १ कात्तिक २०८३
  • images

    सडक दुर्घटनामा नर्सको मृत्यु

    सडक दुर्घटनामा नर्सको मृत्यु

     अर्की एक नर्स घाइते

    हेल्दीखबर
    मंगलबार, फागुन ३ २०७८
    हेल्दीखबर
    मंगलबार, फागुन ३ २०७८
    सडक दुर्घटनामा नर्सको मृत्यु

    काठमाडौं । सडक दुर्घटनामा एक नर्सको निधन भएको छ।  संयुक्त अरब इमिरेट्स(युएई) मा कार्यरत नेपाली नर्सको दुर्घटनामा निधन भएको हो। पोखरा घर भई हाल यूएईको रस अल खेमाहमा कार्यरत जेनिसा गुरुङको मंगलबार बिहान दुर्घटनामा निधन भएको हो।
    कार्यालय जानेक्रममा उहाँको कार दुर्घटना हुँदा नर्स गुरुङको घटनास्थलमै मृत्यु भएको हो । गुरुङको शव स्थानीय अस्पतालमा राखिएको छ।  
    दुर्घटनामा अर्की एक नेपाली नर्स र पाकिस्तानी ड्राइभर सामान्य घाइते भएका छन्। 
    बिहान अफिस जाने क्रममा तीब्र गतिमा रहेको गुरुङ चढेको कार अनियन्त्रित भई दुर्घटना भएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार