• शनिबार, १ कात्तिक २०८३
  • images

    सडक दुर्घटना शिक्षक दम्पतीको निधन 

    सडक दुर्घटना शिक्षक दम्पतीको निधन 

    परीक्षा दिएर घर फर्कने क्रममा दुर्घटना

    हेल्दीखबर
    मंगलबार, जेठ २३ २०८०
    हेल्दीखबर
    मंगलबार, जेठ २३ २०८०
    सडक दुर्घटना शिक्षक दम्पतीको निधन 

    काठमाडौं, २३ जेठ । धादिङबाट काठमाडौं आइ शिक्षक सेवा आयोगको परीक्षा दिएर घर फर्किन लागेका एक दम्पतीको सवारी दुर्घटनामा निधन भएको छ।

    ना ५ ख ५३२२ नम्बरको ट्रकले प्र ३-०२-००१ प ८८२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा धादिङ गल्छी गाउँपालिका-४ बैरेनीका ४० वर्षीय गोविन्दप्रसाद अधिकारी र उहाँकी ३७ वर्षीया श्रीमती जानुका अर्याल दुर्घटनामा निधन भएको हो।

    images

    काठमाडौंको चन्द्रागिरि नगरपालिका-४ थानकोटमा  शनिबार दिउँसो ट्रकले मोटरसाइकललाई ठक्कर दिदा दम्पतिको निधन भएको हो।

    अधिकारीको सोही दिन ट्रमा सेन्टरमा मृत्यु भएको थियो। उहाँकी श्रीमती अर्यालको सोमबार बिहान बाँसबारीस्थित न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

    दुर्घटनामा ज्यान गुमाएका दुबै जना शिक्षक हुनुहुन्छ । उहाँहरू गल्छी-५ मा रहेको जलकन्या आधारभूत विद्यालयमा कार्यरत हुनुहुन्थ्यो । 

    ठक्कर दिने ट्रक चालकलाई पक्राउ गरिसकेको प्रहरी वृत्त थानकोटले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार