• शुक्रबार, ३० असोज २०८३
  • images

    नर्स रोजिनाको सडक दुर्घटनामा मृत्यु

    नर्स रोजिनाको सडक दुर्घटनामा मृत्यु

    हेल्दीखबर
    मंगलबार, साउन १७ २०७९
    हेल्दीखबर
    मंगलबार, साउन १७ २०७९
    नर्स रोजिनाको सडक दुर्घटनामा मृत्यु

       काठमाडौं ।वसुन्धरास्थित ग्रिनसिटी अस्पतालमा कार्यरत नर्सको दुर्घटनामा मृत्यु भएको छ। महानगरीय प्रहरी प्रभाग कार्यालय टोखाका अनुसार २६ वर्षीया रोजिना महर्जनको मृत्यु भएको हो।
    टोखा नगरपालिका-३ झुडोलमा आइतबार महर्जनले चलाइरहेको स्कुटर र मोटरसाइकल एकापसमा ठक्कर खाएको थियो। तीब्र गतिमा आएको मोटरसाइकलसँग ठक्कर खाएर स्कुटर लड्दा महर्जन गम्भीर घाइते हुनुभएको थियो।  उहाँलाई  तत्कालै उपचारका लागि ग्राण्डी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। 

    प्रहरी प्रभाग कार्यालय टोखाका अनुसार दक्षिणबाट पश्चिमतर्फ आउँदै गरेको बा ९६ प २४४५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बा २९ प १०९८ नम्बरको स्कुटर एकापसमा ठक्कर खाएको थियो।

    images

    सोही दुर्घटनामा मोटरसाइकल चालक टोखा नगरपालिका-३ का २४ वर्षीया समीर श्रेष्ठ गम्भीर घाइते भएका छन्। उहाँको  ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ। घाइते श्रेष्ठको अनुहार र बाँया खुट्टामा चोट लागेको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार