काठमाडौ । स्टाफ नर्स निशा सुब्बाको निधन भएको छ ।
झापा जिल्ला, भद्रपुर– २ मा स्थाई बसोबास भई हाल ईमाडोल, ललितपुरमा बस्ने सुब्बाको दुर्घटनामा निधन भएको हो ।
स्टाफ नर्स सुब्बाको पुस तीन गते शनिबार राति ७ः३५ बजे गम्भीर सडक दुर्घटना भएकोमा तत्काल उहाँलाई विएण्डबी अस्पतालको आइसियुमा राखेर उपचार गरिएको थियो । निशाको दिदी विमान लिम्बुले पुस तीन गते साँझ स्कुटी दुर्घटनामा गम्भीर घाईते भएपछि विएण्डबी अस्पतालमा भर्ना गरी आइसियुमा उपचार गरिएकोमा शनिबार निधन भएको जानकारी दिनुभयो ।
आइसियुमा उपचाररत नर्स सुब्बाको शनिबार बिहान निधन भएको हो । हाल उहाँको शव पोष्टमार्टमको लागि पाटन अस्पताल राखिएको छ । पोष्टमार्टम सकेपछि आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने निशाको दिदी विमान लिम्बुले जानकारी दिनुभयो ।