काठमाडौं, २ असार । आमा र श्रीमतिका नाममा लामो फेसबुक स्टाटस लेखेर सम्पर्कविहिन बन्नुभएका डा. केशव श्रेष्ठ सकुशल भेटिनुभएको छ ।
उहाँलाई प्रहरीले बालाजुबाट सकुशल भेटाएको हो ।
बालाजुको एउटा होटलमा उहाँ फेला पर्नुभएको थियो । उहाँका एक साथीका अनुसार डा.श्रेष्ठलाई सकुशल फेला पारिएको जानकारी दिनुभयो ।
उहाँलाई काठमाडौंको तार्केश्वर नगरपालिका ३ स्थित श्रीनाथ वुटिक रिसोर्टमा फेला पारेको हो । उहाँ रामेछाप अस्पतालमा कार्यरत हुनुहुन्थ्यो । उहाँलाई परिवारको जिम्मा लगाउने तयारी भइरहेको छ ।