• बिहीबार , २९ असोज २०८३
  • images
    images

    ओखलढुङ्गामा तिम्ल्याहा शिशुको जन्म

    ओखलढुङ्गामा तिम्ल्याहा शिशुको जन्म

    शनिबार, जेठ ३१ २०८२
    शनिबार, जेठ ३१ २०८२
    ओखलढुङ्गामा तिम्ल्याहा शिशुको जन्म

    ओखलढुङ्गा,३१ जेठ । ओखलढुङ्गाको मोलुङ गाउँपालिका–६ श्रीचौर मङ्गलबारेकी ३२ वर्षिया हिरा तामाङले ओखलढुङ्गा सामुदायिक अस्पतालमा बिहीबार तिम्ल्याहा शिशुको जन्म दिनुभएको छ ।

    अस्पताल भर्ना हुनुभएकी तामाङले बिहीबार बिहान तीन स्वस्थ शिशु जन्माएको अस्पतालका निर्देशक डा रोशन खरेलले जानकारी दिनुभयो ।

    images

    निर्देशक खरेलका अनुसार डाक्टर रमिता कँडेल नेतृत्वको चिकित्सकको टोलीले शल्यक्रिया गरेका थिए । जन्मिएका तीनै छोरीमध्ये पहिलोको तौल एक हजार ९०० ग्राम, दोस्रोको दुई हजार २०० सय ग्राम र तेस्रोको तौल दुई हजार ३०० सय ग्राम रहेको अस्पतालले जनाएको छ ।


    ३६ हप्तामै शल्यक्रिया मार्फत निकालिएका नवजात शिशुहरु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । तामाङको पहिलो सन्तानका रुपमा सात वर्षीय छोरा छन् ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार