आपूर्तिकर्ता सीएन इन्टरप्राइजेजलासंग दुईलाख जरिवाना, सम्झौता रद्द
काठमाडौँ, २७ जेठ । काठमाडौ महानगरपालिकाले प्रयोग गर्ने पानीमा दिसामा पाइने कोलिफर्म भेटिएको छ ।
पानी आपूर्तिकर्ताले ल्याएको शुद्ध पिउने पानी परिक्षणका क्रममा कोलिफर्म भेटिएपछि आपूर्तिकर्तासँगको सम्झौता रद्द गरेको हो ।
पानीमा कोलिफर्म भेटिएपछि काठमाडौँ महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा १९ आकर्षित भई दफा ३० बमोजिम २ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।’
महानगरको कृषि तथा पशुपक्षी विभागले आपूर्तिकर्तालाई खारेजीको पत्र पठाएको छ । पिउने पानी आपूर्ति गरिरहेको सीएन इन्टरप्राइजेजलाई कृषि तथा पशुपक्षी विभागले पत्र पठाउँदै प्रमुख प्रशासकीय अधिकृत स्तरीय निर्णयबाट पिउने पानी सप्लाइ गर्ने सम्झौता रद्द गरिएको जनाएको छ ।
पत्रमा भनिएको छ, ‘यस कार्यालयमा सप्लाइ भई आएको पिउने पानीको प्राविधिक परीक्षण गर्दा कोलिफर्म भेटियो ।
पानी आपूर्तिकर्ता सिएन इन्टरप्राइजेजसँग २०८१ वैशाख २ गते सम्झौता गरेर सेवा लिन थालिएको थियो ।